राजनीति

सरकारको विरोध गर्ने पत्रकारलाई उपप्रम पोखरेलले भने –दलाल र अपराधी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १९:२०
सरकारको विरोध गर्ने पत्रकारलाई उपप्रम पोखरेलले भने –दलाल र अपराधी (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ओली समूहले मूलधारका संचार माध्यम र पत्रकारविरुद्ध कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ ।

ओली समूहका नेता एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू निकट प्रेस संगठन नेपालका नेता कार्यकर्तालाई सरकारको विरोध गर्ने संचार माध्यम र पत्रकारको प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।

प्रेस संगठन नेपालको गण्डकी भेलामा उपप्रधानमन्त्री पोखरेलले सरकारमाथि प्रश्न उठाउने पत्रकारलाई दलाल र अपराधी भन्दै लाञ्छित गर्नुभयो ।

मूलधारका संचार माध्यमले सरकारविरुद्ध लेखेर गलत सन्देश प्रवाह गरेको उपप्रधानमन्त्री पोखरेलको आरोप छ । पत्रकारलाई गलत लेखे भनेर आलोचना गर्ने उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले निर्णय नगर्दै सूर्य चिन्ह आफूले बाहेक कसैले पाउनै नसक्ने भन्दै आयोगलाई दबाब दिनुभयो ।

नेकपाको ओली समूहका नेताहरुले आफ्नो समूहलाई नै आधिकारिकता दिलाउन निर्वाचन आयोगमाथि दबाव दिने प्रयास जारी राखेका छन् । उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्ति त्यसैको निरन्तरता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्