Main News

विवेकशील साझाको भ्यालेन्टाइन डे: ओली होइन, विधिविधान आइ लभ यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १९:०४
विवेकशील साझाको भ्यालेन्टाइन डे: ओली होइन, विधिविधान आइ लभ यु (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले आज भ्यालेन्टाइन डे मनाएका छन् ।

ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए ।

उनीहरुले केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यु, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

केही समय अघिदेखि ओली समर्थकले आइ लभ यू केपी ओली भनेर नारा लगाउँदै आएका छन् । त्यसैको प्रतिउत्तरमा विवेकशीलले ‘आई लभ यू होइन, विधिको शासन आई लभ यु’ भनेको हो । विवेकशील साझा पार्टीले प्रदर्शनका क्रममा नृत्य तथा सांगीतिक कार्यक्रम पनि गरेको छ ।

फेब्रुअरी १४ तारिख, नेपालसहित विश्वभर भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवसका रुपमा मनाइन्छ । प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई विभिन्न उपहार दिएर माया दर्शाउने र आफूलाई मन परेको व्यक्तिसामू प्रेम प्रस्ताव पनि राख्ने चलन छ ।

पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवसलाई विशेष रुपमा मनाउन थालिएको छ । तर त्यो विशेष रुपमा मनाउने भ्यालेन्टाइन डेलाई विवेकशील साझा पार्टीले राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै मनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *