Main News

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ हजार बढीले रोजगारी पाएको सरकारको दाबी

हिमालय टिभी
२०७७ फागुन २ गते १८:४३
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ हजार बढीले रोजगारी पाएको सरकारको दाबी

२ फागुन २०७७ काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ हजारभन्दा बढीले रोजगारी पाएको दावी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले अहिलेसम्म साढे ७ लाख जना बेरोजगारको विवरण आएको जानकारी दिनुभयो ।

जसमध्ये १५ हजार ६ सय ७० जना कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिने २ लाख जना श्रमिकहरुको सामूहिक दुर्घटना बीमा गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको जानकारी दिनुभयो । उहाँले हालसम्म ९ वटा देशसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडी बढाएको पनि बताउनुभयो ।

कोरोनाका कारण विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *