Main News

लागु औषध कारोवारमा संलग्न ९ जना पक्राउ

हिमालय टिभी
२०७७ फागुन २ गते १८:१४
लागु औषध कारोवारमा संलग्न ९ जना पक्राउ

२ फागुन २०७७ काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोवारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ ।

लागू औषध ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई विभिन्न किसिमका लागू औषधसहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक दिलीप चौधरीले जानकारी दिनुभयो ।

उनीहरुले सञ्जाल बनाएर कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल, डाईजेपाम ९२८ एम्पूल, ब्रुफीनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल बरामद गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *