Main News
नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ फागुन २ गते १८:०५
२ फागुन २०७७ काठमाडौं । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप ३ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । यस्तै १ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । ६१ जना कोरोना संक्रमित आईसीयुमा र १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया