Main News

सपना रोका मगरले किन दिइन् विनयजंग बस्नेतविरुद्ध उजुरी ?

हिमालय टिभी
२०७७ फागुन २ गते १३:२१
सपना रोका मगरले किन दिइन् विनयजंग बस्नेतविरुद्ध उजुरी ?

२ फागुन २०७७ काठमाडौं । बीबीसीको १ सय जना प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिनु भएको छ ।

ललिपुर टीकाथलीका विनयले आफ्नो मानमर्दन् तथा बेइज्जत गरेको भन्दै सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गर्नुभएको हो ।

सपना र विनय दुवैले काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने काम गर्दै आउनु भएको छ । बेवारिस शव जलाउने सपनालाई बीबीसीले विश्वका प्रभावशाली १ सय जना महिलाको सूचीमा राखेको थियो ।

सँगै काम गर्दासम्म सपनालाई छोरी मान्दै आएका विनयले केही दिनअघि सपनाका नग्न तस्बिर र अश्लील सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए । उजुरी परेसँगै विनयको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *