२ फागुन २०७७ काठमाडौं । पार्टीका सर्लाही ईञ्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको मृत्यु शंकास्पद भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले छानबिन समिति गठन गरेको छ।
वाग्लेको मृत्युबारे छानबिन गरी पार्टीमा प्रतिवेदन बुझाउन केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
वाग्ले मृत भेटिएसँगै नेकपा प्रचण्ड–नेपाल समूहले घटनालाई शंकास्पद भनेको थियो। वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको हो वा कुनै सवारी साधनले ठक्कर दिएर दुर्घटना गराइएको भन्ने विषय निर्क्यौल गर्न नेकपाले छानबिन समिति बनाएको हो।
गत माघ २१ गते मसाल जुलुसबाट घर फर्कने क्रममा वाग्ले बाटोमा मृत अवस्थामा भेटिनुभएको थियो ।