Main News

केरुङ नाकाबाट आयात–निर्यात सहज बनाउन कांग्रेसको माग

हिमालय टिभी
२०७७ फागुन २ गते १३:०६
केरुङ नाकाबाट आयात–निर्यात सहज बनाउन कांग्रेसको माग

२ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले चीनसँगको केरुङ नाकामा आयात–निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ।

यसका लागि चीनसँग तत्कालै पहल अघि बढाउन कांग्रेसले माग गरेको हो।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाबाट प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु परिस्थितिको बाध्यता र आवश्यक कदम भए पनि अहिले स्थिति तुलनात्मक रुपमा सहज बनेको कांग्रेसको भनाइ छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर र तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

यो नाकामा २०७६ माघ १५ गते देखि असार २७ सम्म आवागमन पूर्ण रुपले बन्द भएको थियो । त्यसपछि आंशिक खुला गरिए पनि दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सयभन्दा बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद् रहेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *