Main News

आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदै

हिमालय टिभी
२०७७ फागुन २ गते ८:०२
आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदै

२ फागुन २०७७ काठमाडौं । आजदेखि तेस्रो चरणको कोरोना भाइस विरुद्धको खोप शुरु हुँदैछ।

सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । आजदेखि जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायतले खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले पनि खोप लगाउने सक्ने मन्त्रालयको भनाइ छ ।

अहिलेसम्म नेपालमा झण्डै २ लाख जनामा खोप लगाइएको र थप तीन लाख डोज दिन सकिने भएकाले तेस्रो चरणकाको अभियान शुरु गरिएको हो ।

पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र अग्रपंक्तिमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिनेलाई लक्षित गरी माघ १४ गतेदेखि ११ दिनसम्म खोप लगाइएको थियो ।

तर ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप लगाइएपछि बचेको खोप संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोग, पत्रकारलाई गत सोमबारदेखि ५ दिनसम्म लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *