Main News

प्रधानमन्त्रीको ललकारः जनसभा हेर्न बुटवल आऊ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते २१:०१
प्रधानमन्त्रीको ललकारः जनसभा हेर्न बुटवल आऊ (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ बुटवल । बुटवलको सभामा ठुलो सहभगिता देखेपछि प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई फेरि ललकार्नु भएको छ ।

नेकपा विभाजित भएपछि अहिले दुबै समूह शक्ति प्रदर्शनको होडमा छन् । केही दिनको अन्तरमा दुबै समूहले काठमाडौंसहित विभिन्न शहरमा ठुलाठुला सभा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आज बुटवलबाट प्रचण्ड–नेपाल समूहलाई जनसहभागिता हेर्न आउन भन्दै व्यङ्ग गर्नुभयो ।

प्रचण्ड नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल जनप्रदर्शन गरेको थियो । त्यसअघि माघ २३ गते ओली समूहले पनि काठमाडौंमै विशाल सभा गरेको थियो ।

ति सभामा बोल्दै नेताहरुले सहभागीता देखाएर एकअर्कालाई ललकार्ने गरेका छन् । ओली समूहले यही ८ गते विराटनगरमा पनि शक्ति प्रदर्शन गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *