राजनीति

प्रचण्ड र बाबुराम फेरि एक हुने संकेतः एउटै मञ्चबाट यसो भने…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते १९:२३
प्रचण्ड र बाबुराम फेरि एक हुने संकेतः एउटै मञ्चबाट यसो भने…(भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । तत्कालिन माओवादीका दुई जना शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई फेरि मिल्ने संकेत देखिएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा दुबै नेताले त्यस्तो संकेत दिएका छन् ।

विभाजित नेकपाको एक समूहको नेतृत्व गरिरहेका प्रचण्डले आफू र बाबुरामलाई इतिहासको कर्मले एकै ठाउँ तानिरहने बताउनु भयो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष रहेका नेता भट्टराईले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले एउटै पार्टीमा नभएपनि मुद्दाको हिसावले आफुहरु एउटै मोर्चामा भएको बताउनुभयो । हजारौ सहिद अपांग र घाइते योद्धाका कारण आफूहरुलाई अलग हुन नदिने भन्दै प्रचण्डले एकताका लागि अप्रत्यक्ष रुपमा आग्रह पनि गर्नुभयो ।

प्रचण्डले अहिले लामो समयको उपलब्धीमाथि हमला भएको भन्दै त्यसको रक्षाका लागि एक भएर प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

प्रचण्डको एकता आव्हानलाई जसपाका अध्यक्ष भट्टराईले तत्कालै स्वीकार भने गर्नुभएन । तर आफुले जनयुद्ध परित्याग भने नगरेको प्रष्टिकरण दिनुभयो । आफूले माओवादी आन्दोलन नत्यागेको भट्टराईको भनाइ छ ।

भट्टराईले शान्ति सम्झौता संविधानको अभिन्न अंग भएको भन्दै यसलाई खेलवाडको विषय बनाउन नहुने चेतावनी पनि दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।

भट्टराईले लेख्नुभएको ‘गुमनाम आमाहरुको कथा’ नामक किताव आजदेखि बजारमा आएको हो । भट्टराईले युद्धका संस्मरण र अनुभूतिलाई केन्द्रमा राखेर लेखेका लेख यो कितावमा समेटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्