Main News

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, आज ५७ जना थपिए

हिमालय टिभी
२०७७ फागुन १ गते १७:३२
नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, आज ५७ जना थपिए

१ फागुन २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या घट्दै गएको छ । झण्डै आठ महिना पछि आज संक्रमितको संख्या ५७ जनामा झरेको छ । यो संख्या गत जुलाई १२ पछिकै कम हो ।

पछिल्लो पटक १ हजार ९ सय जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो पटक १ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म देशभर मृत्यु भएकाहरुको संख्या २ हजार ५४ छ । हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्। ५६ जना आइसीयु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *