Main News

नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

हिमालय टिभी
२०७७ फागुन १ गते ८:४७
नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

१ फागुन २०७७ बुटवल । सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा प्रदर्शन गर्दैछ ।

नेकपाकै प्रचण्ड–नेपाल समूहले देशब्यापी आन्दोलन चर्काइरहेका बेला ओली समूहले बुलवलमा आमसभा गर्न लागेको हो ।

माघ २३ गते काठमाडौंको नारायणहिटी दरबार संग्रहालय आगाडी सभा गरेको ओली समूहले आज बुटवलमा सभा गर्न लागेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समुहका प्रदेश ईन्चार्ज शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत् आजको आमसभा माघ २८ गते प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको भन्दा बृहत् हुने दाबी गर्नुभएको छ ।

आमसभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । नेकपा प्रचण्डनेपाल समूहले सरकार विरोधी सडक आन्दोलन तिब्र पारिरहेका बेला ओली समूह पनि शक्ति प्रदर्शनको होडमा उत्रिएको हो ।

नेकपा विभाजनको अवस्थामा पुगेपछि दुबै समूह समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *