Main News

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको स्रष्टाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते २०:२३
सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको स्रष्टाको आरोप (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै स्रष्टा र कलाकारले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको बसन्तपुरदेखि सिंहदरबारसम्म प्रदर्शन गरेका हुन् ।

अहिले ओली सरकारले जे गरिरहेको छ, त्यो प्रतिगमन हो भन्ने उनीहरुको बुझाई छ । मुलुकलाई प्रतिगमनमा नलैजान सरकारलाई चेतावनी दिँदै स्रष्टा र कलाकारले यस्ता कदमका विरुद्ध अन्तिमसम्म लड्ने उदघोष पनि गरेका छन् ।

संसद विघटन गरेर रमाइरहेको ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न लाग्यो भन्ने श्रष्टा र कलाकारको बुझाई छ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा मुद्दा लगाउने प्रयास र सामाजिक सञ्जालमा कडाई गर्ने सरकारको निर्णयले धेरै संशकित छन् ।

श्रष्टा र कलाकारलाई पनि सरकार नागरिकको हातमुख बन्द गर्दैछ भन्ने लागेको छ । उनीहरुको बुझाई छ सरकार नागरिकलाई पीडा दिँदैछ ।

तर उनीहरु यसको प्रतिवाद गर्न प्रतिबद्ध छन् । किनकी सरकार नागरिक स्वतन्त्रता हरण गर्न खोज्दैछ ।

सरकार जे फरमान जारी गर्दैछ, उनीहरु त्यसलाई स्वीकार्न तयार छैनन् । आफ्ना सिर्जनामार्फत उनीहरुले सरकारलाई सन्देशसहित चुनौती दिए ।

यो न्यायको युद्ध हो र यसमा नागरिकको जित हुने बन्धन र मुक्त हुने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *