Main News

के प्रम ओलीले भनेझैं संसद पुनर्स्थापना भए अस्थिरता हुन्छ त ? यसो भन्छन् कानूनविद् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते २०:१८
के प्रम ओलीले भनेझैं संसद पुनर्स्थापना भए अस्थिरता हुन्छ त ? यसो भन्छन् कानूनविद् (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । विघटनको निर्णयले देशलाई अस्थिरताको बाटोमा धकेलेको भन्दै व्यापक चिन्ता व्यक्त भइरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने प्रतिनिधिसभा पुनर्स्थापना भए देशमा अस्थिरता निम्तिने र सांसद किनबेच हुने तर्क गरिरहेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भए देशमा झन अस्थिरता हुने यो तर्क कत्तिको जायज छ ? के भन्छन् संवैधानिक कानूनका जानकार ?

सार्वजनिक कार्यक्रम हुन् वा पार्टीकै आन्तरिक । पछिल्लो पटक प्रधानमन्त्री ओलीले लगाउने एउटा रटान होः प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन । भयो भने सांसदको मोलमोलाइ सुरु हन्छ, अस्थिरता निम्तिन्छ ।

तर प्रधानमन्त्रीको यो भनाइलाई संविधानले कुनै ठाउँ दिएको छैन । किनकी प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा सबैभन्दा पहिला प्रधानमन्त्रीले आफूमाथिको अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुन्छ । किनकी उहाँमाथि अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

यदि अविश्वासको प्रस्ताव दर्ता नभएको तर नेकपा विभाजित नै रहेको अवस्थामा पनि प्रधानमन्त्रीले आफूसँग प्रतिनिधिसभाको विश्वास रहेको कुरा पुष्टि गर्नु पर्ने हुन्छ । यदि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेमा वा अविश्वासको प्रस्ताव फेल भएमा उहाँमाथि अर्को एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन सकिन्न । र उहाँले नै सरकार चलाउन पाउनुहुनेछ । जसको संविधानको धारा १०० मा स्पष्ट व्याख्या छ ।

तर यदि उहाँमाथिको अविश्वास प्रस्ताव पारित भए वा विश्वासको मत प्राप्त हुन नसकेमा उहाँ पदमुक्त हुनुहुनेछ र नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ । जुन सरकार संविधानको धारा ७६ को २ पछिको अवस्थाबाट बन्नेछ।

र सरकारले २ वर्षपछि हुने चुनाव गराउनेछ । तर प्रधानमन्त्री अस्थिरता निम्तिन्छ भन्दै हिड्नुभएको छ । र यसलाई कानूनविद् मान्न तयार छैनन् ।

कानूनविद्का नजरमा प्रतिनिधिसभा पुनर्स्थापना भए संविधान र लोकतन्त्र ट्रयाकमा आउने छ र संसदीय शासन व्यवस्था पद्धतिको प्रक्रियाभित्र प्रवेश गर्नेछ । र प्रधानमन्त्रीले भनेजस्तै सांसद किनबेच हुन्छन् भन्ने कुरामा त झनै कुनै तुक छैन ।

हुन त नेपालको संविधानमा संसद विघटन र पुनर्स्थापनापछिको अवस्थामा यो यो हु्न्छ भनेर लेखिएको छैन ।तर अहिले जसरी प्रधानमन्त्रीले संसद पुनर्स्थापना भए अस्थिरता निम्तिन्छ भनिरहनु भएको छ त्यो पुनर्स्थापनको भयले निस्किएको आक्रोश मात्र हो भन्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *