Main News

भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

हिमालय टिभी
२०७७ माघ ३० गते १८:१३
भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

३० माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसले बैतडीको दोगडा केदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर दोषीलाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको हो ।

घटनाको दुई साता हुँदा पनि दोषी पक्राउ नपर्नु, शव अस्पतालमा रहिरहनु र परिवारले पीडामाथि पीडा भोग्नु परेको भन्दै कांग्रेसले यसलाई दुःखद् र गम्भीर रूपमा लिएको जनाएको छ ।

घट्नाको अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि कांग्रेसले प्रधानमन्त्रीसमक्ष माग गरेको छ । देशमा अमनचयन कायम हुने, नागरिकका जीवन सुरक्षित बन्ने विश्वास खण्डित हुँदै गएको कांग्रेसको ठहर छ ।

अनेक प्रकृतिका हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको पनि उसले जनाएको छ । कांग्रेसले राज्यको अस्तित्व प्रभावकारी बनाउन सुझाव दिएको छ ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेस गर्न पार्टी केन्द्रीय प्रतिनिधिका रूपमा रमेश लेखकलाई पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *