Main News

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ३० गते १७:५१
शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ ।

आज भएको एक कार्यक्रममा जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिनुभयो ।

शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान गरेर माइलस्टोन कोर्नुभएको बताउनुभयो । उहाँले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताउनुभयो ।

महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताउनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *