Main News

संसद विघटनको विरोधमा स्रष्टा र कलाकार सडकमा

हिमालय टिभी
२०७७ माघ ३० गते १४:०२
संसद विघटनको विरोधमा स्रष्टा र कलाकार सडकमा

३० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिएर भृकुटीमण्डपदेखि बसन्तपुरसम्म प्रदर्शन गरिएको हो । त्यसक्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरे ।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँधेर प्रदर्शन गरेका हुन् । सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्ड बोकेका थिए ।

स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् ।

प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *