Main News

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

हिमालय टिभी
२०७७ माघ ३० गते ९:१०
पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

३० माघ २०७७ काठमाडौं । सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन् ।

सरकारलाई बुझाउनुपर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघंका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

२०६५ साल फागुनदेखि लागू हुनेगरी प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा स्वतः भाडा समायोजन गर्ने व्यवस्था भएपनि हालसम्म यो लागू नभएको सिटौलाको तर्क छ । नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीहरु असन्तुष्ट बनेका छन् ।

निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको गरेको बताएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १२, डिजेल तथा मट्टितेलको ९५ रुपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको छ। अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *