राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध खनिए नेकपा नेताहरु, संघीय संविधान कुर्सीसँग साटेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते १६:१२
प्रधानमन्त्री ओलीविरुद्ध खनिए नेकपा नेताहरु, संघीय संविधान कुर्सीसँग साटेको आरोप (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले कुर्सी र पदसँग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “संविधानलाई केपी ओलीजीले कुर्सीसँग साट्नुभयो । संघीयतालाई उहाँले पदसँग साट्नुभयो । ”उहाँले संविधान र संघीयता कुर्सी र पदसँग साटिन नसक्ने भन्दै खबरदारी गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलनमा आएका जनता कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने चेतावनी उहाँले दिनुभयो । उहाँले राजनीतिक पार्टीका सीमित नेतामा असीमित अधिकार दिने काम भएको र त्यही असीमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गर्नुभयो । उहाँले त्यसको समीक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नोतर्फबाट आफुले जिम्मा लिन तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सीमित राजनीतिक पार्टीका सीमित नेताहरुमा असीमित अधिकार हुनुको परिणाम हो आज यो । केपी ओलीमा असीमित अधिकार भएका कारणले यो भएको छ । केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउण्ड कहाँ तयार भो ? कसरी केपी ओली पैदा भए ? त्यसको समीक्षा गर्नुपर्छ ? त्यसको जिम्मा लिनुपर्छ । त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु । कहाँबाट केपी ओली पैदा भए ? अन्यथा यो समीक्षा गरेनौ र यो कुरा स्वीकार गरेनौ भने फेरि महेन्द्रहरु जन्मनेछन् । फेरि केपी ओलीहरु जन्मनेछन् । त्यसलाई जन्मन नदिनका लागि हामीले समिक्षा गर्नुपर्छ । ”

उहाँले पार्टीको रुपान्तरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यसैगरी जनताले घेराबन्दी गर्ने पार्टी नेतृत्व दलालहरुले घेराबन्दी गर्ने होइन । आज दलालहरुले घेराबन्दी गर्ने अवस्था छ । त्यसको अन्त्य गरेर जनताको विचमा नेतृत्व हुर्कनुपर्छ । ”

संविधान अनुसारको जनअधिकार कानून बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागू गर्न नदिन अपाग बनाइएको, ओम्नीको नाममा जनताको अधिकारमाथि खेलवाड गरिएको छ, समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर संहर्ष गर्दै आएको स्मरण गर्दै उहाँले नयाँ कुलमान निर्माण गर्नुगर्ने आवश्यकता औल्याउनुभयो ।

राज्यका सबै संरचनाहरु लोकतान्त्रिकरण हुन नसक्नुको परिणाम अहिले भोग्नु परेको भन्दै उहाँले सबै परिर्वतनकामी जगतलाई लोकतन्त्र रक्षाको आन्दोलनमा सहकार्य गर्न आव्हान पनि गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको बताउनुभभो । खबरदार निरंकुश र तानाशाहलाई फर्काउन खोज्ने प्रधानमन्त्री ओलीप्रति खबरदारी गर्नुभयो ।

उहाँले भन्नुभयो “खबरदार केपीजी संघीयतालाई मास्न पाइँदैन । लाखौ लाख जनता सडकमा उत्रिइसके । अब तपाईको पालो छ । जनताले तपाईलाई समाप्त पार्ने आन्दोलनमा जनता होमिइसकेका छन् । ”

उहाँले प्रतिगमन नसच्चिएसम्म प्रतिगमनविरुद्धको आन्दोलन नरोकिने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको बताउनुभयो । उहाँले हिटलरको प्रसंग उल्लेख गर्दै दुनियाँका तानाशाहाहरुले झुटलाई पोलिस गरेर सत्यजस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाहा भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “दुनियाँका तानाशाहाहरु झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुराउने सामर्थ्य राख्छन् ती मध्ये केपी ओली पनि एक हुन् । उनले झुटलाई डेन्टीङपेन्टीङ गरेर सत्य हो कि भन्ने ढंगले बोल्ने जुन शैली थियो । ”

उहाँले प्रधानमन्त्री केपी ओलीमा पनि तानाशाह हिटलर जस्तै जिन्दगीभर झुट बोल्ने पात्रको रुपमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्