Main News

नेतृ झाँक्रीको प्रश्नः अहंकारी र सन्कीको प्यादा बन्नेविरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न कहाँबाट आयो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते १६:०१
नेतृ झाँक्रीको प्रश्नः अहंकारी र सन्कीको प्यादा बन्नेविरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न कहाँबाट आयो ? (भिडियोसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुकाविरुद्ध बोल्न पाइने बताउनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चिरहण गर्नेहरुका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभएको हो ।

अहिलेको व्यवस्थामा संविधान र कानूनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाइ छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उहाँले बताउनुभयो ।

नेतृ झाँक्रीले आफुले राष्ट्रपति संस्था शिरमाथिको संस्था भएकाले राष्ट्रपति संस्थाविरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सही छाप गरी निरंकुशताको साक्षी बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाइने उहाँको भनाइ छ ।

उहाँले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताउनुभयो । नेतृ झाँक्रीले अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले कानूनसम्मत्, संविधानसम्मत् फैसला गर्नेमा विश्वास व्यक्त गर्नुभयो । अदालतप्रतिको विश्वास डग्मगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *