Main News
प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुँदै
२०७७ माघ २८ गते ९:२७

२८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुने भएको छ ।
संवैधानिक इजलासमा हिजो एकदिन स्थगित भएको बहस आजबाट पुनः शुरु हुने भएको हो । यसअघि हिजो एकदिनका लागि बहस रोकिएको थियो ।
न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो बहस रोकिएको हो । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानून व्यवसायीले बहस सकेपछि अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया