Main News

एसईई परीक्षा पुरानै शैली र संरचनामा संचालन गरिने

हिमालय टिभी
२०७७ माघ २८ गते ७:२२
एसईई परीक्षा पुरानै शैली र संरचनामा संचालन गरिने

२८ माघ २०७७ काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको हो ।

कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पौडेलले सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको बताउनुभयो । अब प्रदेश सरकारसँग समन्वय गरी बोर्डले परीक्षाको तयारीलाई अगाडि बढाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *