विकृति फैलिएको भन्दै सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी (भिडियो रिपोर्टसहित)
२७ माघ २०७७ काठमाडौं । विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । त्यसका लागि समाजिक संजाल सञ्चालन निर्देशिका बनाइने भएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएकाले निर्देशिका ल्याउन थालिएको जानकारी दिनुभयो ।
राष्ट्रपति र प्रधानमन्त्री लगायतका संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको भन्दै उहाँले यसलाई रोक्न निर्देशिका जारी गर्न लागिएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटनपछिको विरोध प्रदर्शनमा आएका कतिपय अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाउँदै आएको छ ।
मन्त्री गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविहीन फेसबुक, अनलाइन, यु ट्युबबाट विकृति बढेको बताउनु भयो । निर्देशिकाले सञ्चारकर्मीलाई पनि जिम्मेवार बनाउने उहाँको दाबी छ ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया