Main News

ट्राफिक प्रहरीले हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझायो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते १७:१९
ट्राफिक प्रहरीले हराएका मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझायो (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज कार्यक्रम नै गरेर मोटरसाइकल हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानमा फेला पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोज्ने कामलाई तिव्रता दिएको थियो ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *