भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा ११ जना नेपाली बेपत्ता (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ माघ २७ गते १४:५६

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा ११ जना नेपाली बेपत्ता (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीमा परेर कम्तिमा ११ जना नेपाली हराइरहेका छन् ।

उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर बेपत्ता भएका १५ मध्ये ४ नेपालीको उद्धार गरिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको बेपत्ता सूचीमा एघार जना नेपाली छन् । हराइरहेका नेपालीमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएको बताइएको छ ।

तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना कैलालीको टीकापुर भनिएको छ । बेपत्ताको सूचीमा शंकर चौधरी, विष्णु मल्ल, गणेश नेपाली, जंगबहादुर नेपाली, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेशको नाम छ ।

आइतबार उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ । तिमध्ये प्युठानको गौमुखी गाउँपालिकाका बसन्तबहादुरले उपचारमा कुनै समस्या नभएको बताउनुभएको छ ।

भारतीय प्रहरीले घटनामा परेर अझै १ सय ७५ जना हराइरहेको जनाएको छ । अहिलेसम्म दुई दर्जन नागरिकको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs