Main News

निर्वाचनको तयारी नरोक्न प्रधानमन्त्री ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते १४:५०
निर्वाचनको तयारी नरोक्न प्रधानमन्त्री ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखका लागि घोषणा गरिएको मध्यावधि चुनावको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिनुभएको छ ।

निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग चुनावको तयारी अगाडि बढाउन र कसैको दबाबमा नरोक्न आग्रह गर्नुभएको छ ।

वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको मध्यावधि चुनावको विषयमा विभिन्न आशंका उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओलीले भने तोकिएकै मितिमा हुने र सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । तर प्रधानमन्त्री ओली समूहले भने अहिलेसम्म दाबी गरेको छैन ।

यस्तोमा प्रधानमन्त्री आयोग पुग्नुलाई धेरैले आधिकारिकताको विषयसँग जोडे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले त्यसलाई अस्वीकार गर्नुभयो ।

नेकपा विवाद समाधान निकै पेचिलो बनिरहेका बेला प्रधानमन्त्री ओली आफैं आयोग पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *