वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय
२७ माघ २०७७ काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गर्नुभएको थियो ।
सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिनु भएको थियो । त्यसविरुद्ध परेका एक दर्जनभन्दा बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ ।
संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।
प्रतिक्रिया