Main News

संसद विघटनविरुद्ध जनयुद्धका शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते १७:४९
संसद विघटनविरुद्ध जनयुद्धका शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल–समूह निकट शहीद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले संसद विघटनको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

माओवादी जनयुद्धमा ज्यान दिनेका परिवार र लडाकुलाई ओली समूहले आकर्षित गर्ने कोशिस गरिरहेका बेला प्रचण्ड–नेपाल समूहले पनि उनीहरुलाई संसद विघटनको विरोधमा सडकमा उतारेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड नेपाल समूहका नेता एवं पूर्व मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओली अहिलेको व्यवस्था समाप्त पार्ने योजना अन्तर्गत अघि बढेको आरोप लगाउनुभयो ।

आफनो पार्टीको प्राथमिकता संसद पुनर्स्थापना रहेको भन्दै बस्नेतले त्यसका लागि लड्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *