Main News
संघीय गणतान्त्रिक व्यवस्था संशोधन हुन सक्ने सरकारी पक्षको जिकिर
२०७७ माघ २६ गते १७:१७
२६ माघ २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्न बहसमा उत्रेका कानून व्यवसायीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संशोधन हुन सक्ने बताएका छन्।
संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र परिवर्तन हुन सक्ने दावी गर्नुभयो ।
संविधान संशोधनको औचित्यलाई समेत ध्यानमा राखेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको निर्णय लिएको भट्टराईको जिकिर छ ।
प्रतिनिधि सभा विघटन संविधानअनुसार नै रहेको भन्दै निर्वाचनमा जाने सरकारको निर्णयको पक्षमा तर्क गर्दै उहाँले निर्वाचन गर्दा गणतन्त्र खतम नहुने बताउनुभयो ।
प्रतिक्रिया