Main News

औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता

हिमालय टिभी
२०७७ माघ २६ गते ९:२२
औषधि व्यवस्था विभागले ल्यायो औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता

२६ माघ २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता ल्याएको छ ।

महामारीको रुपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालीन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो ।

संहिताअनुसार औषधि सल्लाहाकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *