Main News

पत्रकारको भूमिकाप्रति सञ्चारमन्त्रीको यस्तो असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते १८:३७
पत्रकारको भूमिकाप्रति सञ्चारमन्त्रीको यस्तो असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री गुरुङले सरकारको विरोध मात्रै गरेको भन्दै पत्रकारिता क्षेत्रको भूमिकाप्रति असन्तुष्टि जनाउनुभयो ।

तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको र स्वतन्त्रताका नाममा छाडा काम भैरहेको पनि मन्त्री गुरुङको दावी छ । त्यसलाई रोक्न आवश्यक कानून बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले केही समययता संचार माध्यम र पत्रकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । सरकारले राम्रा काम गर्दा पनि नदेखेको र विरोध मात्रै गरेको उहाँको आरोप छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *