Main News
११९ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु
२०७७ माघ २५ गते १६:४१
२४ माघ २०७७ काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१९२५ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या२०३८ पुगेको छ ।
नेपालमा थप २६० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८०७२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । हाल देशभर ५६ जनाको आइसीयू र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया