Main News

किशोरी हत्याको अनुसन्धानमा गैरजिम्मेवार नबन्न प्रचण्ड–नेपालको माग

हिमालय टिभी
२०७७ माघ २४ गते १७:३६
किशोरी हत्याको अनुसन्धानमा गैरजिम्मेवार नबन्न प्रचण्ड–नेपालको माग

२४ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह र मुख्य विपक्षी दल नेपाली कांग्रेसले बैतडीको चडेपानीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज विज्ञप्ति निकालेर भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्नु भएको हो । देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहत भएको उल्लेख गर्नु भएको छ ।

प्रचण्ड र नेपालले यो घटनालाई पाशविक र अमानवीय कुकृत्यको संज्ञा दिनुभएको छ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा जस्तै यो घटनाको अनुसन्धानमा गैरजिम्मेवार नबन्न उहाँहरुले सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार विद्यालयबाट घर फर्कँदै गर्दा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्ट बिहीबार गाउँकै जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको अवस्था हेर्दा बलात्कारपछि हत्या गरिएको देखिएको प्रहरीले अनुमान गरेको छ ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सीआइबीको टोली पनि घटनास्थल खटिएको छ। भट्टको मृत्युबारे अनुसन्धान गर्न हिजो तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *