Main News

सुकुम्बासीलाई लालपुर्जा दिन सरकार आँतुरः मन्त्री तुम्बाहाङ्फे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते १५:१३
सुकुम्बासीलाई लालपुर्जा दिन सरकार आँतुरः मन्त्री तुम्बाहाङ्फे (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीलाई लालपूर्जा दिन सरकार आँतुर रहेको बताउनुभएको छ ।

भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगका जिल्ला अध्यक्ष र सदस्यका लागि भएको अभिमुखीकरण कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले अव्यवस्थित तरिकाले बसोबास गरिरहेका सबैलाई लालपुर्जा दिने प्रतिबद्धता जनाउनुभयो ।

सरकारको आँतुरतालाई व्यवहारमा उर्तान भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने मन्त्री तुम्बाहाङ्फेको भनाइ छ । सुकुम्बासीको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने र उनीहरुले आर्थिक लोभ देखाउन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

आयोगका पदाधिकारीहरुले स्थानीय तहले गरेका कामको नियमन गर्न र निर्दिष्ट ऐनभन्दा बाहिर गएर काम नगर्न पनि मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *