Main News
कैलालीमा माटोको ढिस्कोमा पुरिँदा तीन जनाको मृत्यु, दुई जना घाइते
२०७७ माघ २४ गते १४:५५
२४ माघ २०७७ कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ अरु दुई जना घाइते भएका छन् ।
घर लिपपोतका लागि आज बिहान माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र ३१ वर्षकी गंगा जैगडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माटोले पुरिएर काजल विक र अञ्जु जैगडी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया