Main News

सभापति देउवाद्वारा १७ वर्षीया किशोरी हत्यामा संलग्नमाथि कारबाही माग

हिमालय टिभी
२०७७ माघ २४ गते १३:१४
सभापति देउवाद्वारा १७ वर्षीया किशोरी हत्यामा संलग्नमाथि कारबाही माग

२४ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

देउवाले उक्त घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ । देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहत भएको पनि उल्लेख गर्नु भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीको आशंका छ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको सीआइबीको टोली पनि घटनास्थल खटिएको छ। भट्टको मृत्युबारे अनुसन्धान गर्न हिजो तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्तले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *