Main News

लैनचौरदेखि राष्ट्रपति कार्यालयसम्म नागरिकको मार्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते २०:५५
लैनचौरदेखि राष्ट्रपति कार्यालयसम्म नागरिकको मार्च (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोध गर्दै बृहत नागरिक आन्दोलनले आज काठमाडौंको लैनचौरदेखि राष्ट्रपति कार्यालय अगाडिसम्म मार्च गरेको छ । राष्ट्रपति कार्यालयतर्फ अघि बढ्दै गर्दा उनीहरुलाई प्रहरीले रोकेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्रीको सत्ता कब्जा गर्ने काममा राष्ट्रपतिले साथ दिएको र संविधान मिचेको भन्दै विरोध जनाएका थिए ।

अदालतमा मुद्दा विचाराधीन रहेकै बेला संवैधानिक निकायमा नियुक्ति भएपछि नागरिक समाज संशकित छ । बृहत नागरिक आन्दोलनले बुधबार संवैधानिक निकायमा भएको नियुक्तिलाई असामान्य ठानेको छ । किनकी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता कब्जाको दिशामा हुनुहुन्छ भन्ने उसको बुझाई छ ।

प्रधानमन्त्री ओलीले यो सबै काम राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा गर्नुभएको छ । त्यसैले बृहत नागरिक आन्दोलनले राष्ट्रपतिलाई सुनाउन मार्च पास गर्‍यो । र, तपाइँले गरेको नियुक्ति असंवैधानिक छ भन्यो । त्यति मात्रै होइन, संविधानको रक्षा गर्ने जिम्मेवारी पाएकी राष्ट्रपति भण्डारीलाई नागरिक आन्दोलनले प्रश्न पनि सोधेको छ ।

राष्ट्रपति ज्यू संविधान कहाँ छ ?
राष्ट्रपति संविधानको रक्षक न्यायालय दायित्व पनि संविधान जोगाउनु नै हो । तर संवैधानिक निकायको नियुक्तिमा प्रधानन्यायाधीश र राष्ट्रपतिको जे भूमिका देखियो, यसबाट नागरिक अगुवा आक्रोशित छन ।

अहिले जे भैरहेको छ, त्यसको संकेत अर्कै छ । त्यसैले आन्दोलनमा आउनु बाध्यता भैरहेको नागरिक अगुवाको तर्क छ ।

बेलैमा सच्चिन नागरिक अगुवाहरुको राष्ट्रपति, प्रधानमन्त्री र न्यायालयलाई आग्रह छ, अन्यथा आन्दोलनले फरक ढंगले सच्याउने अवस्था पनि आउन सक्छ ।

संसद विघटनपछिको गलत कदमपछि संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिले मुलुक सामान्य दिशामा जाने संकेत मिलेको छैन, र, संभवत त्यसका केही परिणाम छिटै देखिनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *