Main News
राष्ट्रपतिबाट जारी भयो फेरि अर्को अध्यादेश
२०७७ माघ २३ गते १७:२२
२३ माघ २०७७ काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद पाँच महिना थपेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोगका पदाधिकारीको म्याद थपसम्बन्धी अध्यादेश जारी गर्नु भएको हो ।
यही २६ गते समाप्त हुने दुवै आयोगका पदाधिकारीको पदावधि थप गर्ने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश सिफारिस गरेको थियो ।
गत वर्ष माघमा दुवै आयोगमा दलले भागबन्डा गर्दै पदाधिकारी नियुक्त गरेका थिए । शुरुमा एक वर्षको कार्यकाल मात्र राखेर आयोगमा नियुक्ति गरिएको थियो।
यो अवधिमा कोरोना महामारीका कारण काम प्रभावित भएको थियो। सत्य निरुपण आयोगको अध्यक्षमा गणेशराज भट्ट र बेपत्ता छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी हुनुहुन्छ ।
प्रतिक्रिया