२३ माघ २०७७ काठमाडौं । बृहत नागरिक आन्दोलनले बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ।
नागरिक अगुवा पद्मरत्न तुलाधरको निवास लैनचौरबाट शुरु भएको मार्चपास राष्ट्रपति कार्यालय शितल निवाससम्म पुगेको हो ।
मार्चपासमा सहभागीहरुले सत्ता कब्जा मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद’ राष्ट्रपतिज्यू संविधान कहाँ छ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक नियुक्तिहरु खारेज गर्न पनि माग गरेका छन्।
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन् ।
संसदीय सुनुवाई बिना गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गर्नु भएको थियो ।