Main News

बन्दले दैनिक काम गरेर खाने जनता यस्तो मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते २०:५९
बन्दले दैनिक काम गरेर खाने जनता यस्तो मारमा (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । एक दिन काम नहुँदा घरमा चुलो समेत बल्न नसक्ने वर्गलाई बन्द हडतालले धेरै नै समस्या पर्ने गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको आमहड्तालले दैनिक काम गरेर जिविकोपार्जन गर्ने समस्यामा परेका छन् । राजनीतिक दलले विरोधको रुपमा पहिलो अस्त्र बन्द हड्ताललाई रोज्दा दैनिक काम गरेर गुजारा चलाउनेहरु समस्यामा पर्ने गरेका छन् ।

मिनबहादुर र काजिमाया तामाङ दम्पत्ती । लामो सयमदेखि रिक्सा चलाएर ६ जनाको परिवार पाल्दै आएका मिनबहादुरले बन्दका कारण रिक्सा चलाउन पाउनु भएन ।

लकडाउनका कारण काम नपाएर पोहोर चैतदेखि छटपटिएका मिनबहादुरको जीवन भर्खरै पूर्ववत् स्थितिमा फर्कँद थियो । अब फेरि राजनीतिक अस्थिरताका कारण बन्द हडताल सुरु भएपछि चिन्ता थपिएको छ । आफनो स्वार्थकै लागि नेताले दुख्ख दिने गरेको उहाँको गुनासो छ ।

यसरी बन्द हुँदा गरिब मान्छेले अब कसरी खाने काजिमाया तामाङको चिन्ता छ र यो आन्दोलनकारीलाई प्रश्न पनि हो ।

३ वर्षदेखि रिक्सा चलाउँदै आएका रापेछापका अनिष लामा र काठमाडौंमै ट्क्यासी चलाउने जाजरकोटका भरतप्रसाद आचार्यको पनि दुख उस्तै छ । नेताहरुले गरिब दुखीको समस्या कहिल्यै नबुझेको उहाँहरुको गुनासो छ ।

मिनबहादुर, अनिष र भरत बन्दहड्तालका कारण समस्यामा परेका प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै धेरै नागरिक बन्द र हड्तालबाट समस्यामा पर्ने गरेका छन् । राजनीति गर्नेहरु अधिकार भन्दै सत्ताका लागि बन्द गर्छन तर दुख मजदुरले पाउँछन किनकी काम नहुँदा उनीहरुको चुल्हो बन्द हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *