Main News

जनकपुर झडपमा घाइते नेकपाका चार जना नेतालाई काठमाडौं ल्याइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते १८:०४
जनकपुर झडपमा घाइते नेकपाका चार जना नेतालाई काठमाडौं ल्याइयो (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । जनकपुरधाममा प्रहरीसँगको झडपमा घाइते भएका प्रचण्ड–नेपाल समूहका चार जना नेतालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पूर्वमन्त्री रामचन्द्र झा र मातृकाप्रसाद यादव, धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादव र प्रदिप साहलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाइते नेता झाले प्रधानमन्त्री ओलीले सक्दो गर्ने भएकाले आफुहरु तयार रहेको बताउनुभयो ।

यस्तै नेता यादवले आजको कदम ओली सरकारको चरित्रको स्वभाविक कदम भएको बताउनुभयो ।

जनकपुरधामको शिवचोकमा भएको झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाई फायर गरेको थियो भने केही शेल अश्रुंग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *