Main News

संवैधानिक निकायमा नियुक्तिविरुद्ध आज नेकपा प्रचण्ड–नेपाल समूहका आमहड्ताल

हिमालय टिभी
२०७७ माघ २२ गते ६:१३
संवैधानिक निकायमा नियुक्तिविरुद्ध आज नेकपा प्रचण्ड–नेपाल समूहका आमहड्ताल

२२ माघ २०७७ काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याईपूर्वक नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा आज देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताउँदै त्यसविरुद्ध आमहड्ताल घोषणा गरिएको बताउनुभयो । सरकारको कदमविरुद्ध विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उहाँले भन्नुभयो, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताउनुभयो । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।

यसैबीच आज बिहान ६ बजेसम्म उपत्यकामा फट्टफुट्ट सवारी साधन चलेका छन् । फाइल तस्वीर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *