Main News

निर्वाचन आयोगले ओली समूहलाई आधिकारिकता दिइसक्योः गृहमन्त्री थापा

हिमालय टिभी
२०७७ माघ २१ गते १८:५०
निर्वाचन आयोगले ओली समूहलाई आधिकारिकता दिइसक्योः गृहमन्त्री थापा

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहले आफूलाई नै निर्वाचन आयोगले आधिकारिक मान्यता दिइसकेको दावी गरेको छ ।

निर्वाचन आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता नदिइएको बताइरहेको र हिजो मात्रै कानूनी प्रक्रियामा प्रवेश गरेका बेला ओली समूहले आयोगले मान्यता दिइसकेको दावी गरेको हो । अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले आफ्नो समूहले आधिकारिकता पाएको कार्यकर्तालाई सुनाउनुभयो ।

निर्वाचन आयोगले निर्णय नगरे पनि निर्णय आइसक्यो भनेका गृहमन्त्री थापाले सर्वोच्च अदालतले पनि संसद विघटनलाई सदर गर्ने दावी गर्नुभयो । देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति संसद विघटन गरी चुनाव घोषणा गरिएको र अदालतले पनि चुनावकै पक्षमा फैसला गर्ने बताउनुभयो ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएपनि ओली समूहले संसद पुनर्स्थापना हुन नसक्ने तर्क गर्दै आएको छ । र, त्यसका लागि अदालतलाई दबाब दिने कोशिस गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *