Main News

१४२ जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ २१ गते १६:४६
१४२ जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

२१ माघ २०७७ काठमाडौं । नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१४३१ पुगेको छ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३१ पुगेको छ ।

नेपालमा थप २०६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६७०६५ पुगेको छ।

हाल २३३५ जना आइसोलेसनमा रहेका छन् भने ९५ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *