Main News
आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने
२०७७ माघ २१ गते ९:२१

२१ माघ २०७७ काठमाडौं । आजबाट अनलाइन प्रणालीबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न सकिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो। यो अनलाइन सेवाको आजै औपचारिक उद्घाटन हुँदै छ।
टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवानातिर्न सकिने महाशाखाले जनाएको छ।
सवारी चालकलाई सहजहोस् भन्ने उद्देश्यले अनलाइनबाटै जरिवाना रकम भुक्तान गर्न मिल्ने प्रणाली शुरु गरिएको महाशाखाले जनाएको छ।
यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता थियो। जसका कारण चालकले धेरै समय र झन्झट भोग्नु परेको थियो।
प्रतिक्रिया