कक्षा १२ को नतिजा आएसँगै स्नातक तहको भर्नामा प्रतिस्पर्धा
२१ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना शुरु गर्न प्रतिस्पर्धा चलेको छ ।
सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च शिक्षामा ढोका खुलेपछि विश्वविद्यालयहरूले भर्ना कार्यक्रम शु्रु गर्नेभएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले तीन महिनापछि सारेर भर्ना कार्यक्रम शुरु गर्ने भएको हो ।
यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो । पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना शुरु गरिएको जनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयले माघदेखि स्नातक तहको भर्ना कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहका लागि भर्ना आह्वान गर्दैछ ।
काठमाडौँ विश्वविद्यालयले स्नातक तहमा भर्ना कार्यक्रम जारी राखेको छ । कोरोना भाइरसको महामारीका कारण केही महिना ढिला गरेर भर्ना कार्यक्रम श्रु गरिएको हो । विश्वविद्यालयले आगामी चार वर्षभित्र हाल बिग्रेको स्नातक तहको शैक्षिक सत्र मिलाउने योजना बनाएको छ ।
प्रतिक्रिया