कमल पोखरी निर्माण गुरुयोजनाअनुसार नै भएको महानगरको दाबी
्२० माघ २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएको दावी गरेको छ ।
कमलपोखरीको निर्माण गलत ढंगले भैरहेको भन्दै विरोध भइरहँदा महानगरपालिकाले त्यसको खण्डन गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको संरक्षण गर्न गुरुयोजना बनाएर निर्माण कार्य भैरहेको बताउनुभयो ।
पोखरीको जग्गामा अनधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले विरोध गर्नुपर्ने कारण नभएको उहाँको तर्क छ ।
कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने महानगरपालिको अनुरोधमा हटेको उहाँको भनाइ छ ।
स्पोर्टस् क्लब र राधेराधेको भवन अनधिकृत रुपमा बनाइएको सूचना र प्रतिवेदन पाएपछि हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया