Main News

१७१ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ २० गते १६:३३
१७१ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

२० माघ २०७७ काठमाडौं । नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१२८९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १७१ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३० पुगेको छ ।

नेपालमा थप २५९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६६८५९ पुगेको छ।

हाल २ हजार ४ सय जना आइसोलेसनमा छन् भने ९५ जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *