Main News
म्यानमारमा भएको सैन्य ‘कु’ बारे नेपालले खोल्यो मुख
२०७७ माघ २० गते ७:२९

२० माघ २०७७ काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’ लाई लिएर नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
हिजो साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै म्यानमारका नागरिकको जनमतको सम्मान गर्दै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनर्स्थापित हुनेमा नेपालले विश्वास लिएको जनाएको हो ।
साथै मन्त्रालयले सैन्य ुकूु का क्रममा पक्राउ गरिएका नेताहरूको रिहाइको माग पनि गरेको छ ।
विज्ञप्तिमा राष्ट्रपति यु विन मिन्ट र राज्य सल्लाहकार डाव, आङ साङ सू चीलगायत नागरिक नेताहरूको सुरक्षा र भलाइको बारेमा चिन्तित रहेको उल्लेख गरिएको छ ।
पक्राउ परेका सबै नेताको निशर्त रिहाइको लागि आह्वान समेत गरिएको छ ।
प्रतिक्रिया